विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न

विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न

विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न भएको छ ।

आइतबार विराटनगरको बिग होटेलमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी प्रतिनिधि प्रमुख, फ्रील्यानसर र कलेजका बिभिन्न क्लबका नेतृत्व गरिरहेका विद्यार्थीहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा ३० बढी कलेजका बिभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरिरहेका विद्यार्थीहरुलाई कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले , हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी प्रकाश श्रेष्ठ लगायतले प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरेका थिए ।

विद्यार्थीहरुको लागि कलेजमा बिभिन्न ४ वटा क्लब , प्रत्येक ब्याचमा २ जना स्टार साथै बिभिन्न कार्य गर्न बिधार्थीहरुलाई राखिएको कलेजका कार्यकारी वाग्लेले बताए ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) पनि पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्