झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतबार बेलुका करिब ८ बजे पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बिर्तामोड-२ का २९ बर्षीय सम्यम बजगाईको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्