विराटनगरको चर्चित रेस्टुरेन्ट ह्यासट्याग तेस्रो वर्षमा प्रवेश

विराटनगरको चर्चित रेस्टुरेन्ट ह्यासट्याग तेस्रो वर्षमा प्रवेश

विराटनगर । विराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश नम्बर एक कै चर्चित रेस्टुरेन्ट ह्यासटयाग तेस्रो वर्षमा प्रवेश गरेको छ ।

स्थापनाको छोटो अवधि मै युवाहरु सबैको मन जित्न सफल रेस्टुरेन्ट स्वादका पारखीका लागि सम्झने नाम मध्ये एकमा पर्दछ । ब्यबस्थापन देखि कर्मचारी सम्म ३० बर्ष नकटेका युवाहरुद्वारा संचालित रेस्टुरेन्टले दिएको सेवाका कारण दैनिक रुपमा ग्राहकको घुइँचो लाग्ने गर्छ र त्यसमा पनि रेस्टुरेन्टमा पाक्ने परिकार मध्ये तामा चिकेन र हण्डि बिर्यानी ग्राहकको रोजाइमा बढी पर्ने गरेको छ ।

हरेक हप्ता सातामा ३ दिन साङ्गितिक कार्यक्रम हुने गरेको रेस्टुरेन्टमा बुधबार महिलाहरुको सुविधालाई मध्यनजर गर्दै लेडिज नाइट्का रुपमा विभिन्न साङ्गितिक ब्यान्ड ल्याएर मनोरञ्जन प्रदान गरिनुका साथै शुक्रवार र शनिवार सबैका लागि ब्याण्ड्का माध्यमबाट मनोरञ्जन प्रदान गर्ने गरिएको ह्यास ट्यागका कार्यकारी संचालक अभिनास थापाले जानकारी दिए ।

ग्राहकको बढ्दो रोजाइ र प्रदेश एकको राजधानी समेत भएका कारण विराटनगरमा ह्यासट्यागलाई एउटा ब्रान्डका रुपमा स्थापित गर्दै चाडै नै नयाँ स्वरुपका साथ ग्राहक माझ प्रस्तुत हुने पवन जैसवालले जानकारी दिए ।

यहि २९ गते तेस्रो बर्षमा प्रवेश गरेको ह्यासट्याग रेस्टुरेन्टले द स्मृति ब्याण्डको साथमा मनोरञ्जन गर्ने ब्यबस्था मिलाउनुका साथै स्थापनाको तेस्रो बर्ष पुगेको उपलक्ष्यमा पेय पदार्थ खाना लगायत सम्पूर्ण मा १५% छुटको ब्यबस्था गरेको ह्यासट्यागका ब्यबस्थापक मिलाप कर्णले जानकारी दिए ।

स्थापनाको छोटो अवधिमा स्वादका पारखी ग्राहकहरुबाट प्राप्त मायालाइ ग्रहण गर्दै आगामी दिनमा पनि ग्राहकको रोजाइको नम्बर एक रेस्टुरेन्ट बन्ने लक्ष्य तर्फ आफूहरु केन्द्रीत रहेको र सबैको साथ पाए आफूहरु सफल हुने मा बिश्वस्त रहेको ह्यासट्यागका कार्यकारी संचालक अभिनास थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्