मोरङको जहदाबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

मोरङको जहदाबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ लंकाटोलबाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् । २६ गते दिउँसो करिब १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका मल्लाहलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्