संखुवासभाको चैनपुरमा पानीमा डुबि एक बालकको मृत्यु

संखुवासभाको चैनपुरमा पानीमा डुबि एक बालकको मृत्यु

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-५ मा पानीमा डुबि बालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबि मृत अवस्थामा परीवारले फेला पारेको थियो ।

ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्