इटहरीमा पाठेघरको क्यान्सर सचेतना गराउने ४२ अभियानकर्मीलाई अभिमुखीकरण

इटहरीमा पाठेघरको क्यान्सर सचेतना गराउने ४२ अभियानकर्मीलाई अभिमुखीकरण

इटहरी । सुनसरीको इटहरीमा पाठेघरको क्यासर सम्बन्धी जनचेतना जगाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम भएको छ । कल्प नामक समुहले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको बिषयमा क्यापिएँन सी-क्यापका ४२ अभियानकर्मीहरु सगँ अभिमुखीकरण सम्पन्न भएको हो ।


आइतबार इटहरी स्थित युवा विकास केन्द्रको सभाहलमा ४२ जना युवाहरुको उपस्थिती थियो । उक्त अभिमुखीकरणमा प्रमुख प्रशिक्षणका रुपमा संस्थापक सोनु जयन्ति उपस्थित थिए भनी नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी र आस्था फाउन्डेसनका प्रमुख चन्द्र बरालले आफ्नो अनुभव सुनाए । उक्त अभिमुखीकरण अभियानमा लायन्स क्लब अफ इटहरी इनोभेशन ,सिक्ने घर , युवा विकास केन्द्र इटहरी लगायत सहकार्य रहेको छ ।


कल्प नामक स्वतन्त्र समुहले प्रदेश नं १ लाईकार्य क्षेत्र बनाएर विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । क्यापिएँन सी-क्यापकी प्रोजेक्ट हेड पुजा कोइराला अनुसार सोसियल मिडिया एड्भोकेसी , शैक्षिक सस्था र बिपन्न बस्तीमा सचेतना साथै पाठेघरको क्यासर सम्बन्धी नीति-नियम तहको कार्यक्रमलाई अगाडी बढाएको र यो स्वतन्त्र साझा अभियान रहेका कारण जो कोहि पनि सहभागी भएर कार्य सम्पादन गर्न पाउने जानकारी दिएकी छिन् ।

त्यस्तै, कल्प अर्थात युवतीहरुको एक स्वतन्त्र समुहकी संयोजक एलिना कटुवालले कार्यक्रमबारे प्रष्ट पार्दै महिलाको पाठेघर महिलासग जोडिएको विषय हो जुन मातृत्व सगै गासिएको बताइन् । उनले अज्ञानता तथा पहुचको अभावमा बार्षिक लाखौ महिला यो रोगको सिकार पर्ने पुगेको र सरोकारवालाको नजरबाट ओझेल परेको विषयलाई कल्पले उत्थान गरेको जानकारी दिईन ।

तस्वीर :कल्पका लागि मकालु फ्लो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्