झापामा भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापामा भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु.२० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो ।


आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्