भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर-मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार राती करिब १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रामप्रसादराई गाउँपालिका-७ का २० बर्षीय जेबि राई घाईते भई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्