झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन । मंगलबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेका बर्मनलाई शंका लागि शरिर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्