निजी लगानीमा आधुनिक अस्पताल : गेटवेलमा सबै प्रकारका बिशेषज्ञ सेवा

निजी लगानीमा आधुनिक अस्पताल : गेटवेलमा सबै प्रकारका बिशेषज्ञ सेवा

विराटनगर । स्वास्थ्य क्षेत्रको हब भनिएको विराटनगरमा बिहीबारदेखि दक्ष तथा अनुभवी चिकित्सकहरुको बिशेषज्ञ सेवा सहित गेटवेल अस्पताल सञ्चालनमा आएको छ ।

नविनतम प्रविधियुक्त स्वास्थ्य संरचना र नयाँ व्यवस्थापकीय टीमको सहयोगमा विराटनगर–९ स्थित हस्पिटल चौकमा अस्पताल सञ्चालनमा आएको हो । बिहीबार नयाँ वर्षको अवसर पारेर अस्पतालको उद्घाटन गरिएको छ । करिब ३ करोडकोे निजी लगानीमा सञ्चालनमा आएको गेटवेल अस्पतालबाट जेनरल फिजिसियन, जेनरल सर्जन, स्त्री तथा प्रसुति, अर्थोपेडिक, न्यूरोलोजी, युरो सर्जरी र कार्डियोलोजी लगायतका सेवाहरु प्रवाह हुने जनाईएको छ । २५ शैयाको उक्त अस्पतालबाट बिशेषज्ञ सहित चौबीसै घण्टा आकस्मिक, फार्मेसी र एम्बुलेन्स लगायतका सुविधाहरु समेत प्रदान गरिने अस्पतालका सञ्चालक डा. सरोज राजवंशीले बताउनुभयो ।

विराटनगरको हस्पिटल चौक नजिकै रंगेली रोडमा अवस्थित रहेको उक्त अस्पताल यसअघि बेग्लै टीमले सञ्चालन गर्दै आएको थियो । तर, बैशाख १ गतेदेखि दक्ष तथा अनुभवी नयाँ व्यवस्थापकीय टीमद्वारा उक्त अस्पताल सञ्चालनमा आएको हो । नेपालका विभिन्न प्रतिष्ठित अस्पतालमा काम गरिसकेका चिकित्सकीय टोलीको सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यका साथ गेटवेल अस्पताल सञ्चालनमा ल्याईएको अस्पतालका निर्देशक डा. राजेन्द्र चौधरीले बताउनुभयो ।

गेटवेल अस्पतालमा हाल १० जना बिशेषज्ञ चिकित्सक सहितका मेडिकल टीमले सेवा प्रवाह गरिरहेका छन् । भोलिका दिनमा अस्पतालले फिजियोेथेरापी, आर्ईसियु, भेन्टिलेटर, सिटी स्क्यान र एमआरआई लगायतका सेवाहरु पनि थप गर्ने योजना बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्