ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ,६ जना घाईते

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ,६ जना घाईते

ओखलढुङ्गा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

बुधबार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो भने प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् ।

घटना बारेमा प्रहरी थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्