सानो क्लिनिकबाट सुरु भएको विराटनगर अस्पताल २८ औं वर्षमा

सानो क्लिनिकबाट सुरु भएको विराटनगर अस्पताल २८ औं वर्षमा

विराटनगर । निजी क्षेत्रद्वारा सञ्चालित प्रदेश नं. १ कै अग्रणी अस्पतालको पहिचान बनाएको विराटनगर अस्पताल २८ औं बर्षमा प्रवेश गरेको छ ।

विराटनगर–२ स्थित शंकरपुर मार्ग नजिकै सञ्चालनमा रहेको विराट नर्सिङ होमले सफलतापुर्वक आफ्नो २७ वर्ष पार गरेको हो । २८ बर्षअघि आजकै दिन विराटनगरस्थित तिनपैनी चौकमा एउटा सानो क्लिनिकका रुपमा अस्पतालको स्थापना गरिएको थियो । डा.ज्ञानेन्द्रमान सिंह कार्की सहितको चिकित्सकीय टोलीले अस्पतालको सुरुवात गरेका थिए । हाल उक्त क्लिनिक प्रदेश नं. १ कै ठुलो सुविधा सम्पन्न अस्पताल र मेडिकल कलेजको रुपमा रुपान्तरण भई सञ्चालन भईरहेको छ । विगतका समयहरु निकै उतारचढावपुर्ण भएपनि मिहिनेत र लगनशीलताकोे फलस्वरुप विराट नर्सिङ होम यो अवस्थासम्म आईपुगेको अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताउनुभयो ।

प्रदेश नं. १ को राजधानीमा अवस्थित रहेको विराट नर्सिङ होम हाल सुविधा सम्पन्न बहु–बिशिष्टिकृत अस्पतालको रुपमा विकास भईसकेको छ । न्युरो फिजिसियन, न्युरोलोजी, न्यूरो सर्जरी, हाडजोर्नी तथा मांशपेशी, नाक, कान, घाँटी, दन्त उपचार, जेनेरल तथा ल्याप्रोस्कोेपिक सर्जरी, जेनेरल फिजिसियन, फिजियोथेरापी, आईसीयू तथा भेन्टिलेटर, सिटी स्क्यान, एमआरआई र ल्याब अस्पतालबाट प्रवाह हुने मुख्य सेवाहरु हुन् । विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आईपुगेको सोही विराटनगर अस्पतालले आज विविध कार्यक्रम गर्दै आफ्नो २८ औं वार्षिकोत्सव मनाएको हो ।

२८ औं स्थापना दिवसका अवसरमा बुधबार अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले २८ बर्षपछि आफ्नो सुविधासम्पन्न कार्यकक्षको शुभारम्भ समेत गरेका छन् ।

विराटनगरको विराट नर्सिङ होम र बुढीगंगाको विराट मेडिकल कलेज शिक्षण अस्पतालले हाल करिब २ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ । निकटतम भबिष्यमा सम्पूर्ण विशेषज्ञ सेवा सहित मोडुलर अपरेशन थिएटर, क्याथ ल्याब, नमूना एनआईसियु र क्यान्सर अस्पताल सम्बन्धी सेवाहरु समेत सुरु गर्ने तयारी रहेको जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्