पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ७ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ७ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय २० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्