ग्रामथानमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

ग्रामथानमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं.५ ककरमारी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीया केवादेवी चौधरी रहेकी छन् ।

बुधबार राती करिब ७ बजे बिराटचौक घिनाघाट सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरसाईकले ठक्कर दिँदा गम्भिर घाईते भएकी चौधरीको बिराट नर्सिङहोम विराटनगरमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र चालक सोही स्थान ६ बस्ने ३० बर्षीय रबिन तबदार ईलाका प्रहरी कार्यालय हरैचाको नियन्त्रणमा रहेको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्