लागुऔषध सहित विराटनगरबाट २ जना पक्राउ

लागुऔषध सहित विराटनगरबाट  २ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् । बुधबार बेलुका करिब ४ बजे भारतबाट नेपाल आउँदै गरेका उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले फेरागन १२ एम्पुल, एभिल १२ एम्पुल , लुपिजेसिक १२ एम्पुल र डाईजेलेप १२ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्