मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना सन्देश, प्रदेशको नामाकरण हुने विश्वास

मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना सन्देश, प्रदेशको नामाकरण हुने विश्वास

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँवर्ष २०७९ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँवर्ष थप सुखद र उपलब्धीमूलक बन्न सकोस् भनी कामना गर्नु भएको छ ।

नयाँवर्ष २०७९, मुलुकमा संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि हो । यस वर्षको सुरुवाती महिना बैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको छ । यो वर्ष प्रदेश र संघीय संसदको कार्यकाल समाप्त हुने वर्ष पनि हो । आवधिक रूपमा जनताको अभिमत संकलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ, मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतित भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौं । प्रदेश नं. १ को नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु । प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं. १ को नामकरण यसै वर्षमा टुंगिने विश्वास पनि व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्