मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार

मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरा स्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण, १ सय ५३ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्