न्यूरो अस्पतालमा अत्याधुनिक हेमोडायलाइसिस सेवा सुरू

न्यूरो अस्पतालमा अत्याधुनिक हेमोडायलाइसिस सेवा सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो ।


उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा पनि रहेको छ । ६ शैय्याको हेमोडायलाइसिस सेवाको उद्घाटन न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, वरिष्ठ इन्टरभेन्सल काडियोलाजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरूङले संयुक्त रिविन काटेर शुभराम्भ गरे ।

न्यूरोले संचालनमा ल्याएको हेमोडायलाइसिस सेवा सुविधा सम्पन्न रहेको छ । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि विरामीलाई सेवा प्रभाहमा सहज हुने बताए । ‘हामी सबैको सामुहिक प्रयासले न्यूरो अस्पताल एउट बहुआयामिक अस्पताको रुपमा स्थापित हुदै गरहेको छ,’ डा. विष्टले भने, ‘हामी प्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यहि कुरालाई मध्येनजर गरि अस्पतालले नयाँ वर्षको दिनबाट हेमोडायलाइसिस सेवा शुभारम्भ गरिएको छ ।


अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुदा विरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब विरामीहरू भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘न्यूरोले सुविधा सम्पन्न अत्याधुनिक उपकरण जडान गरि हेमोडायलाइसिस सेवा सुरू गरेको छ । अहिले ६ शैय्याको रहेको छ । चाँडै १० शैय्याको पु¥याउने हाम्रो योजना रहेको छ ।’ हेमोडायलाइसिस सेवा सुरूचा भएपछि विराटनगर मात्र नभएर प्रदेश १ र मधेश प्रदेशभरीका विरामीहरूले स्वास्थ्य लाभ लिन पाउने उनले बताए । 

कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल काडियोलाजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरूङले हेमोडायलाइसिस सेवा सुरू भएपछि विरामीको उपचारमा सहज हुने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर ई. रन्जित राज बस्नेत, वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, मेट्रोन इन्चार्ज र हस्पिटलकका कर्मचारीहरूको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्