बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा बढ्यो

बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ ।

भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु.२० पुगेको छ । यसअघि न्यूनतम रु.१८ थियो । न्यूनतम भाडा रु.१८ भए पनि यात्रु रु.२० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु.२५, १५ किलोमिटरसम्म रु.३०, २० किलोमिटरसम्म रु.३३ र २० किलोमिटरभन्दा माथि रु.३८ भाडा तिर्नुपर्नेछ ।

यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु.५० र प्रति मिटरको भाडा रु.१० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु.१३ कायम गरिएको छ ।

पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्