बागमती प्रदेशमा एक वर्षमा दुर्घटनामा परी ३ सय ६० जनाको मृत्यु

बागमती प्रदेशमा एक वर्षमा दुर्घटनामा परी ३ सय ६० जनाको मृत्यु

काठमाडौं । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३ सय ६० जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६ सय ४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३ सय ८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५ सय २० सामान्य र ८ सय ६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

गत वर्ष वैशाखमा भएको १ सय ३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २ सय ३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १ सय ३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १ सय २३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २ सय १२ घाइते भएका थिए । साउनमा १ सय ५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २ सय ४२ घाइते भएका छन् । यस्तै भदौमा भएका १ सय १८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

असोजमा भएका १ सय ५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३ सय ७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १ सय ६३ सवारी दुर्घटनामा ४ सय ३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १ सय ५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २ सय २० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १ सय २२ दुर्घटनामा १ सय ७७ जना घाइते भएका छन् ।

फागुनमा भएका १ सय ७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८९ घाइते भएका छन् । चैतमा भएका १ सय ४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३ सय ३५ घाइते भएका छन् ।

बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४ सय ७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २ सय १ मोटरसाइकल दुर्घटनामा परेका हुन् । यस्तै जीप, कार र भ्यान ३ सय ६३, ट्रक, ट्याङ्कर ३ सय २, बस १ सय ६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्