मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिरुवा पर्वको शुभकामना दिनु भएको छ । तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको सुखद अवसरमा मुख्यमन्त्री राईले शुभकामना सन्देश व्यक्त गर्नु भएको हो ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो, मुख्यमन्त्री राईद्वारा शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सन्देशमा भनिएको छ–हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सिरुवा पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्