धरान देवीथानमा सवारी दुर्घटना हुँदा टेम्पो चालकको घटना स्थलमा नै मृत्यु

धरान देवीथानमा सवारी दुर्घटना हुँदा टेम्पो चालकको घटना स्थलमा नै मृत्यु

विराटनगर । सुनसरीको धरान –४ देविथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्।

लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा टेम्पो चालक धरान –१७ बस्ने अन्दाजी ४०-४५ वर्षीय खड्ग बिकको घट्ना स्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बस र चालक धनकुटा महालक्ष्मी २ घर भई हाल धरान –१७ बस्दै आएका ४५ वर्षीया गोबिन्द कटुवाललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्