आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।’

यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोडिदिने निर्णय गरेका छौँ ।’ शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए ।

उनले भने, ‘कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।’ फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए । उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरू पार्टीबाट बाहिरिएका छन् ।’ देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरू यही पार्टीमा रहेको उनको तर्क थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्