भोलिसम्म निर्वाचनमा गठबन्धनको टुङ्गो लाग्छ : अध्यक्ष पुष्पकमल दाहाल

<span class='c1'>भोलिसम्म निर्वाचनमा गठबन्धनको टुङ्गो लाग्छ</span> <span class='c2'>: अध्यक्ष पुष्पकमल दाहाल</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए ।

उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै पार्टी भित्र समेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्