विराटनगर गुरुकुलको काव्यारोहणमा गुञ्जिए बद्री भिखारी

<span class='c1'>विराटनगर गुरुकुलको काव्यारोहणमा</span> <span class='c2'>गुञ्जिए बद्री भिखारी</span>

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको दशौं अनुक्रममा कवि बद्रीप्रसाद पोखरेल (बद्रीभिखारी) शनिबार प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरेका हुन् ।

भिखारीले पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्धार्थ, प्रज्ञातिर, सिराहा, नागरिकता, नानीहरु सित, जस्तो–जस्तो, गाउँको लवज, तिमीले राम्रो भनेपछि र हिँड्दाहिँड्दै नामक कविता वाचन गरेका थिए ।

वि.सं.२०१७ सालमा ओखलढुंगामा जन्मिएर चार दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय भिखारी नेपाली साहित्यजगतमा लोकप्रिय कविका रुपमा परिचित छन् । उनि पूर्व–राष्ट्रसेवक कर्मचारी समेत हुन् । सरल र कलात्मक ढंगले कवितामा सुक्ष्म संवेदना भर्नु उनको विशेषता हो । उनका दुईवटा कविता संग्रह, एउटा मुक्त संग्रह प्रकाशित छन् । यस्तै एक-एक वटा निबन्ध तथा संस्मरण संग्रह प्रकाशोन्मुख छन् । यसबाहेक फुटकर रुपमा उनका कविता तथा लेखहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।

आरोहण–गुरुकुल विराटनगरले दशकौंदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका कविहरुलाई २०७७ सालको मंसिरदेखि प्रस्तुत गराउँदै आएको हो । काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल, श्रवण मुकारुङ प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट स्रोताहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्