एमालेका उमेदवार जिताउन प्रेस चौतारी चुनाव प्रचारमा लाग्ने

एमालेका उमेदवार जिताउन प्रेस चौतारी चुनाव प्रचारमा लाग्ने

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको गठन प्रेस चौतारी प्रदेश १ समितिले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो ।

एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश कमिटीको ब्यवस्थापनमा आज विराटनगरमा सम्पन्न प्रचार भेलालेले ९ बुँदे प्रतिवद्धता व्यक्त गरेको हो । केन्द्रीय प्रचार विभाग र जिल्ला स्तरका सूचना डेक्सहरुसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्न प्रतिवद्धताका साथ लागि पर्ने, एमाले केन्द्रीय कमिटी, जिल्ला र पालिका कमिटीले तयार पारेका घोषणापत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन\प्रशारण गर्ने, पालिकाहरुले निर्माण गर्ने घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका प्रतिबद्धता जारी गरिएको छ ।

प्रदेशस्तरिय प्रचार भेलामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज देवराज घिमिरे, केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले प्रदेश १ प्रचार विभागका प्रमुख घनस्याम खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्