मोरङमा चुनावी गठबन्धन : हैसियत बिर्सेर दावी गर्दा लागेन टुङ्गो

<span class='c1'>मोरङमा चुनावी गठबन्धन : हैसियत</span> <span class='c2'>बिर्सेर दावी गर्दा लागेन टुङ्गो</span>

विराटनगर । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा मिलेर चुनाव लड्ने बताए पनि आ–आफ्नै दावीले सहमति धर्मराउँदै गएको छ । उमेदवार मनोनयनको मिति नजिकिए पनि गठबन्धन गर्ने भनेका दलहरुबीच सहमति हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षीमा बसेको नेकपा एमालेले चुनावी प्रचार सुरु गरिसकेको छ । तर, सरकारको नेतृत्व गरेका पार्टीहरुले गठबन्धन गर्ने नाममा आ–आफ्नै दावीलाई लिएर दुरी बढाई रहेका छन् । जसको प्रत्यक्ष फाइदा नेकपा एमालेलाई पर्ने देखिन्छ ।

मोरङमा दलहरुको हैसियत आंकलन गरेर पालिकामा गठबन्धन बाँडफाँड गर्न गठित कार्यदल निर्णयविहीन हुँदै पार्टीका मूल समितिलाई जिम्मा लगाएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विजय विश्वासले कार्यदलले पालिका बाँडफाँड गर्न नसक्दा निर्णय गर्ने जिम्मेवारी पार्टीका मूल समितिलाई सुम्पिएको बताए । कार्यदलले पालिका बाँडफाँड गर्न सकेन, विश्वासले भने–अब मूल समितिमा जिम्मेवारी सुम्पिएका छौं । गठबन्धन दलहरुबीचको भागबण्डामा सबैभन्दा जटिल नेकपा (एकिकृत समाजवादी) पार्टी देखिएको छ । मोरङमा एकिकृत समाजवादीले हैसियत भन्दा बढी जिम्मेवारी दावी गरेको आरोप अन्य दलहरुको छ ।

एसले अनावश्यक दावी गरेको छ, बेलबारी, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारी दावी गरेको छ । एमालेले जितेको यी पालिकाका प्रमुखहरु एमालेमै हुँदा विभाजित भएर बनेको एसले गरेको यो दावीलाई अस्वभाविक मानिएको छ । माओवादीले रंगेली, धनपालथान, मिक्लाजुङ, कानेपोखरी, र बेलबारी-पथरी मध्ये एक पालिका दिनुपर्ने अडान राख्दै आएको छ । विराटनगरमा माओवादीले कुनै दावी गरेको छैन । यसलाई काँग्रेसले अस्वभाविक माग मानेको छ । माओवादीले अघिल्लो निर्वाचनमा रंगेली बाहेक कहिं जितेको थिएन ।

जनता समाजवादी पार्टीले विराटनगरसहित जहदा, धनपालथान र कटहरीमा दावी गरेको छ । जसपाका लागि विराटनगर स्वभाविक भएपनि कटहरी अनावश्यक माग भएको बताइन्छ । तर, काँग्रेसले जितेको विराटनगर जसपालाई सुम्पेर काँग्रेस रमिता हेर्ने अवस्थामा छैन । दलहरुबीचको छलफल जारी रहेपनि नेपाली काँग्रेस विराटनगर महानगर समितिले केन्द्रीय समिति समक्ष एकल नाम सिफारिस गरिसकेको छ । स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने स्थिति आए विराटनगरमा काँग्रेस बाहेक गठबन्धन दलहरुबीच तालमेल हुनसक्ने संभावना देखिएको छ ।

नेपाली काँग्रेसले एमाले कमजोर भएको आंकलन गर्दै गठबन्धन बाहेक पनि निर्वाचनमा हावी हुने अनुमान गरेको छ । तर, एमालेको सशक्त संगठन विस्तारको आंकलन काँग्रेसका लागि फलामको च्युरा हुने कतिपयले बताउने गर्दछन् । माओवादीले मोरङमा दुई पालिकामा जीत हाँसिल गर्ने अनुमान गरेको छ । त्यो अनुमान उपविजेतामा सिमित हुनसक्ने स्वीकारसहितको हो । मोरङमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला हावी हुँदा गठबन्धन हुन नसकेको भनाई छ । जसको प्रभाव यस पछाडीका निर्वाचनसम्म लम्बिने बताइन्छ । कोइरालाले आफ्ना पक्षका उमेदवार भएका स्थानीय तहमा माओवादीलाई नजिक राख्न सुराक परिचालन गरेर बसेका दावी समेत उतिकै गरिन्छ । कतिपय स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले भने गठबन्धन दलबीचको तालमेल जरुरी रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्