इटहरी बैशाख ४ ,
मोरङ सुन्दरदुलारीस्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल आयोजना हुने भएको छ । बैशाख ५ गते कलेजमा हुने उक्त कार्निभलमा नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको प्रस्तुति समेत हुनेछ ।
साथै कार्निभलमा बिभिन्न स्टल,खेल साथै इटहरी इन्टरनेसनल कलेजका बिद्यार्थीको बिभिन्न प्रस्तुति समेत हुने जनाइएको छ ।
इटहरी इन्टरनेसनल कलेजले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविधालयको साझेदारीमा बिबिए र बिआइटिको कोर्ष पढाउदै आएको छ ।