आईपीएल अपडेट : आज दुई खेल हुदै

आईपीएल अपडेट : आज दुई खेल हुदै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष क्लब गुजरात टाइटन्सले जितका लागि संघर्ष गरिरहेको चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै पञ्जाब किंग्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएनको मैदानमा गुजरातलाई आजको खेल जित्दै शीर्ष स्थानमा अंक दुरी बढाउने मौका छ । चेन्नईलाई भने लगातार दोस्रो जित निकाल्ने अवसर छ ।

खेलेका पाँचमध्ये चार खेल जितेको गुजरात आठ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलोरको पनि समान ८ अंक छ । तर, गुजरातले एक खेल कम खेलेको छ । आजको खेल जितेमा गुजरातको १० अंक हुनेछ र शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउनेछ ।

चार पटकको विजेता चेन्नई भने खेलेका पाँचमध्ये एक खेलमा विजय हासिल गर्न सकेको छ । लगातार चार खेलमा पराजित भएको चेन्नईले पछिल्लो खेलमा बैंगलोरलाइ २३ रनले हराएको थियो । साविक विजेता चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । अंकबिहीन मुम्बई पछारमा छ । मुम्बई ६ खेलमा पराजित छ ।

आजै पहिलो खेलमा पञ्जाबले हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ । मुब्बईको डा. डीवाई पाटिल रंगशालामा पञ्जाब र हैदरावाद दुबै टोली जितका साथ शीर्ष स्थानको टोलीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । समान पाँच खेल खेलेका पञ्जाब र हैदरावादको समान ६ अंक छ । आजको खेलमा जितेमा आठ अंक हुनेछ । जुन शीर्ष स्थानको गुजरातसँग अंक बराबरी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्