पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु भएको छ । घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिदिम नगरपालिका–१ बुद्धचोक बस्ने ६५ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको हो ।
मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी पूजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका ढुङ्गानालाई जेसीबीको सहयोगमा उद्धार गरिएको थियो ।
तर, उपचारको लागि जिल्ला अस्पताल फिदिम लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।