बैंक अफ काठमाण्डूको काँकरभिट्टा शाखाको उद्घाटन

बैंक अफ काठमाण्डूको काँकरभिट्टा शाखाको उद्घाटन

काँकरभिट्टा । बैंक अफ काठमाण्डूको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टास्थित काँकरभिट्टा शाखाको उद्घाटन भएको छ। मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको काँकरभिट्टा शाखा उद्घाटन गरेका हुन्।

औपचारिक समुद्घाटन समारोहमा नगरपालिकाका नगर उप-प्रमुख श्रीमती मिना पोखरेल उप्रेती, नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललित बहादुर तामाङ र मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषिराज तिम्सीनाले बैंकको उपस्थिति थियो।

कार्यक्रममा बैंकका संचालक विजय कुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको बताए।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले कार्यक्रममा बैंक अफ काठमाण्डूलाई काँकरभिट्टामा स्वागत गर्दै स्थानीयहरूको आवश्यकतालाई ध्यानमा राखरेर बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए।

बैंक अफ काठमाण्डूले देशभर रहेको ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्