एमालेको प्रदेश कमिटिले महानगर र उपमहानगरको नाम सिफारिस गदै, विराटनगरमा कसको संभावना

एमालेको प्रदेश कमिटिले महानगर र उपमहानगरको नाम सिफारिस गदै, विराटनगरमा कसको संभावना

विराटनगर । नेकपा एमालेले प्रदेश १ बाट महानगर र उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको नाम केन्द्रीय समितिमा सिफारिस अन्तिम तयारी गरेको छ । एमाले १ नम्बर प्रदेश कमिटीले आज विराटनगर महानगर, इटहरी उपमहानगर र धरान उपमहानगरका आकांक्षीहरूको नाम सिफारिस गरेर पठाउने तयारी गरेको हो ।

केन्द्रीय कमिटीमा प्रदेश कमिटिले महानगर र उपमहानगरको मेयर–उपमेयरका आकांक्षीहरूको नाम राय सुझावसहित सिफारिस गर्नेछ । वडाध्यक्षको निर्णय गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको छ । वडा अध्यक्षको नाम सिफारिस पालिका कमिटिले गर्नेछ । महानगर–उपमहानगरका मेयर र उपमेयरको नाम केन्द्रमा सिफारिस गरेसँगै १४ वटै जिल्लाका १३७ पालिकाहरूको प्रमुख–उपप्रमुख बुधबारसम्ममा टुङ्ग्याउने दावी गरिएको छ ।

विराटनगर महानगरपालिकाको मेयरमा एमाले नगर कमिटीले सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ । उपमेयरमा शिल्पा निराला कार्की, विमला घिमिरे र अन्जु उपाध्यायको नाम सिफारिस भएको छ । सिफारिस भएका नामहरुबाट मात्रै टुङ्गो लाग्ने स्थिति आए विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा बिमला दाहाल घिमिरे वा शिल्पा कार्की उमेदवार हुनेछन् । यदि प्रदेश कमिटिले थप नाम सिफारिसमा संलग्न गराउने भए जीवन घिमिरे, लालबाबु पण्डितलाई संलग्न गराउने भएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा अहिलेका मेयर द्वारिकलाल चौधरीसहित उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन, यमकुमार सुब्बा, रामप्रसाद चौलागाँई, रेवति प्रसाद घिमिरे र बन्नुलाल चौधरी गरी ७ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी उपमेयरमा अम्बिका चौधरी, बिष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, रामचरण चौधरी, मिथिला पोखरेल, गायत्री चौधरी, संगीता चौधरी र रुक्मिणी कोइराला गरी ९ जनाको नाम सिफारिस गरेको हो ।

धरान उपमहानगरको मेयरमा अहिलेकी उपमेयर मञ्जु भण्डारीसहित मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस गरेको जनाइएको छ । त्यस्तै एमाले धरान उपमहानगर कमिटीले उपमेयरमा सुशीला पहाडी, पदम इश्वो लिम्बु, सविता चाम्लिङ, लिला राई, इन्द्रकला राई र लहरू जिमीको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्