हस्पिटल चौक आगलागी घटना : १ करोड बढीको क्षति भएको अनुमान

हस्पिटल चौक आगलागी घटना : १ करोड बढीको क्षति भएको अनुमान

विराटनगर । विराटनगर–९ हस्पिटल चौकस्थित सोमबार मध्यराती पसल र होटलमा भएको आगलागीले १ करोड बढीको क्षति भएको छ ।

दुई होटल, एक किराना र एक कपडा पसल पुर्ण रुपमा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो । एउटा होटलबाट सुरु भएको आगोले पछि आसपासका पसल व्यावसायलाई क्षति पु¥याएपछि ठुलो जनधनको क्षति भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आगोले स्थानीय शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाईएको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरुलाई ठुलो क्षति पुगेको छ ।

शोभादेवीका छोरा कुमारी प्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । आगलागी हुँदा किराना पसलभित्र रहेको ५ लाख नगद र २० लाखभन्दा बढीको सामान समेत जलेर नष्ट भएको पसलका सञ्चालक कुमारी प्रसाद घिमिरेले बताए ।


गयराती करिब सवा १२ बजेदेखि सुरु भएको आगलागीले किराना पसलमा २५ लाख २७ हजार, विनोद राजवंशीद्वारा सञ्चालित होटलमा १२ लाख र दीपनारायण राजवंंशीले सञ्चालन गरेको होटलमा ११ लाख बराबरको क्षति गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले जनधनसँगै आगो नियन्त्रणमा लिनका निम्त्ति खटिएका वारुण यन्त्रका ३ कर्मचारीहरुलाई समेत क्षति पु¥याएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा विराटनगर–४ का ३७ बर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ बर्षीय अशेष दाहाल र सुनसरीको दुहबी–१२ का १९ बर्षीय प्रेमकुमार राजवंशी घाइते भएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार हाल उनीहरुको महेन्द्र चौकस्थित म्याक्स अस्पतालमा उपचार भईरहेको छ । घाईते तीनै जनाको स्वास्थ्य अवस्था सुधारुन्मुख रहेको महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

ठुलोे जनधनको क्षति हुँदा पनि हालसम्म भने आगलागीको कारण पहिचान हुन सकेको छैन् । स्थानीयले ग्यास खुल्ला छाड्दा आगलागी भएको बताईरहँदा प्रहरीले भने विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, घटना सम्बन्धमा भने थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्