पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका-३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नाबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा १ सय ९७ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ७२ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत फुकालिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ । स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्