सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना</span> <span class='c2'>हुँदा चालकको मृत्यु</span>

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधवार राती करिब ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा करिब ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका-८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्