खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्वयमा खेलाडीको स्वास्थ्य बीमा र अन्तराष्ट्रिय खेलाडीहरुका लागि रेड कार्ड व्यवस्था गरिने प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिनुभयो ।
बोर्डका कार्ययोजना बारे जानकारी दिन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव वाग्लेले प्रदेशका १४ जिल्लामै जिल्ला खेलकुद विकास समिति गठन गरिएको दावी गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद् अन्तगत कार्यरत रहेका प्रदेश १ का ८४ जना कर्मचारीलाई प्रदेश खेलकुद विकास बोर्डमा आवद्ध गराइएको सदस्य सचिव वाग्लेले जानकारी दिनुभयो ।

कर्मचारी अभावमा काम गर्न नसक्ने स्थिति हटेकोले १४ जिल्लामा खेलकुद गतिविधलाई बढाउँदै नवौं राष्ट्रिय खेलमा खेलाडीको सहभागिता बढाउन तालिम तथा क्लोज क्याम्प सञ्चालन गरिने दावी गरिएको छ । यसैगरी राष्ट्रिय खेलमा समावेश भएका खेलक प्रशिक्षकलाई रिफ्रेसर कोर्ष गराईने सदस्य सचिव वाग्लेले बताउनुभयो । प्रदेशमा केहि खेलकुद प्रतियोगिताको आयोजना समेत चालु आर्थिक वर्षमै गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्