विराटनगरमा स्थापना भयो प्रमुख निर्वाचन अधिकृतको कार्यालय, आचारसंहिता कार्यन्वयनमा कडाई

विराटनगरमा स्थापना भयो प्रमुख निर्वाचन अधिकृतको कार्यालय, आचारसंहिता कार्यन्वयनमा कडाई

विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्ने गरि विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको हो ।

मोरङका मुख्य निर्वाचन अधिकृत एवं मोरङ जिल्ला अदालतका न्यायधीश भरत लम्सालले कार्यालयको उद्घाटन गर्नुभयो । उहाँले जिल्लाका १७ स्थानीय तहसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य एकैदिन सम्पन्न गरिएको दावी गर्नुभयो ।
निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु गर्नका लागि मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको आवश्यक कामहरु अगाडी बढेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालयहरुको सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाईने बताउनुभयो । स्थानीय तहको समन्वयमा निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक भवन, सिसी क्यामेरा जडान, सवारीसाधन, फर्निचर, सञ्चार लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था रहेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

निर्वाचन प्रचारका क्रममा हुने आचारसंहिता विपरितका कामहरुको अनुगमनमा कडाई गरिने मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो । दलहरुले निर्वाचनलाई स्वच्छ बनाउन सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्रर भयरहित रुपमा सम्पन्न गराउन दल, उमेदवार तथा सरोकारवाला पक्षसँग छलफल आयोजना गरेर बैशाख ११ गते मनोनयनको कार्यक्रम गरिने मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो । मनोनयनमा उमेदवारले ध्यान दिनुपर्ने कुरालाई मुख्य तथा निर्वाचन अधिकृतका कार्यालयहरुले सरोकारपक्षसँग छलफल आयोजना बैशाख ११ अगावै गरिसक्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्