विराटनगरको कार्पेडिएममा ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने

विराटनगरको कार्पेडिएममा ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो बैशाख ११ गते ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने भएको छ ।

विराटनगरमै पहिलोपटक आईतबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागितका लागि रु. १००० हजारका दरले टिकटको व्यवस्था गरिएको छ ।

कार्यक्रमको टिकट बरगाछीस्थित कार्पेडिएम अथवा कार्पेडिएमको आधिकारिक फेसबुक पेज मार्फत खरिद तथा बुक गर्न सकिने जनाईएको छ । कार्यक्रमका लागि ३०० वटा टिकटको व्यवस्था गरिएको कार्पेडिएमका म्यानेजर अनिल गौतमले बताउनुभयो । कार्यक्रमलाई केन्द्रित गरेर फुड र ड्रिंक्सका लागि १२ हजार र २१ हजारको २/२ तथा १६ हजार ५ सयको एउटा गरि कुल ५ वटा विभिन्न प्याकेजको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

आईतबार साँझ हुने ‘मङ्की टेम्पल’ को लाईभ प्रस्तुती राती १० बजेसम्म चल्ने आयोजकले जनाएको छ । आयोजकले बैशाख १७ गते शनिबार पनि ‘द–एलिमेन्ट्स’ को साङ्गितिक प्रस्तुतीको व्यवस्था मिलाईएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्