दुहबी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका निम्ति शुक्रबार दुहबी नगरपालिकाका जनप्रतिनिधिहरुले संयुक्त राजीनामा दिएका छन् ।
शुक्रबार दुहबी नगरपालिकाका प्रमुख र उप-प्रमुख सहित १२ वटै वडाका जनप्रतिनिधिले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका छन् ।
चुनावको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति भने बैशाख ११ र १२ गतेका लागि तोकिएको छ ।