प्रहरीको गाडी माथी स्थानियवासीद्धारा तोडफोड , ४ जना युवा पक्राउ

प्रहरीको गाडी माथी स्थानियवासीद्धारा तोडफोड , ४ जना युवा पक्राउ

सुनसरी । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा सुनसरी प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । बुधबार राती करिब १० बजेको समयमा रामधुनी नगरपालिका वार्ड नम्बर २ स्थित हसनपुरमा बा २ झ १९०५ नम्बरको प्रहरीको गाडीमा युवाहरुले तोडफोड गरेका थिए ।


बुधबार राती पौने ८ बजेको समयमा रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी सवार को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई रामधुनी–२ हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक बेपता भएका थिए । चौधरी बेपता भएको खवर पाउना साथ घटना स्थलमा पुगेको प्रहरीमाथि त्यहाँका स्थानियहरुले ढुंगा मुडा प्रहार गर्दै प्रहरीको गाडीको चावी खोस्नुको गाडी तोडफोड गरेका थिए ।


सिँचाइलाई खवर गरेर नहरको पानि बन्द गरेर चौधरीलाई खोजि गरेको प्रहरीले खोजतलासको क्रममा साँढे ९ बजे मोटरसाईकल सहित चालकलाई मृत अवस्थामा फेला पारेको थियो । शव निकाल्न साथ प्रहरीले पानि बन्द गर्न ढिलाई गरेको भन्दै आक्रोशमा उत्रिएका स्थानियले प्रहरी माथि आक्रमण गरेका थिए । आक्रोशित स्थानियले प्रहार गरेको ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।


मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।खपक्राउ भएका ४ जना माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिए ।

तस्वीर सहयोग : सुमन भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्