नेकपा एमाले मोरङले दशवटाको उमेदवार टुङ्ग्यायो, विराटनगरसहित सात पालिकाको बाँकी

नेकपा एमाले मोरङले दशवटाको उमेदवार टुङ्ग्यायो, विराटनगरसहित सात पालिकाको बाँकी

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका ६ स्थानीय तह बाहेक अन्य पालिकाको उमेदवार टुङग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाका १७ पालिकामध्ये महानगर बाहेकका १६ पालिकामा दशवटाको उमेदवार टुङ्ग्याएको हो ।

एमाले निकटहरुले सार्वजानिक गरे अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुंग्याइएको छ । मिक्लाजुङ, रतुवामाई, सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र कानेपोखरी बाहेक अन्य पालिकाको उमेदवार टुङ्ग्याइएको छ । सचिव खतिवडाका अनुसार यी ६ पालिकाको आज साँझ नत्र भोलि बिहानसम्ममा टुङ्गो लाग्नेछ ।

जिल्लाका १७ पालिकाका सबै वडा अध्यक्षको नाम समेत अन्तिम अवस्थामा पुगेको छ, सचिव खतिवडाले भन्नुभयो–अहिले टुङ्गिएका पालिकास्तरका प्रमुख र उपप्रमुखसहित वडाका अध्यक्ष र सदस्यहरुको नामावली तयार पार्ने काम भईरहेको छ ।
नेकपा एमालेले रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाएको छ । यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल, जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा अनिता सोरेनको टुंगो लगाएको छ ।

एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुंग्याएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङमा ५ वटा पालिकाको प्रमुख÷अध्यक्ष जितेको थियो । भने ५ वटा पालिकाको उपप्रमुख–उपाध्यक्षमा विजयी भएको थियो ।
विराटनगर महानगरपालिकाको अन्तिम निर्णय पार्टीको केन्द्रले गर्नेछ । बाँकीको टुङ्ग्याउने काम जिल्ला र प्रदेशले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्