विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोन्ध्रा खोलामा डुवी एक युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजे स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको छ ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।