विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् ।
इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन् । पार्टीको निर्णयअनुसार मेयरमा उठ्नुपर्ने भएपछि प्रदेश सांसदबाट राजीनामा आइतबार दिएका हुन् । उनीहरु दुवैजनाको राजीनामा स्वीकृत भएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।
#OBElectionUpdates