विराटनगरको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

<span class='c1'>विराटनगरको मेयरमा उमेश</span> <span class='c2'>यादवको स्वतन्त्र उम्मेदवारी</span>

विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी गराएका थिए ।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै महानगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । २०७४ सालको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई यादवले तेस्रो स्थान ल्याएका थिए ।

विराटनगरको ५, ६, १२,१३, १४, १५, १६, १७ र १८ नम्बर वडा नेता यादवको बलियो पकड भएको वडा मानिन्छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्