विराटनगरमा वसन्त काव्य उत्सव

विराटनगरमा वसन्त काव्य उत्सव

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा आइतबार विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ ।
एपेक नेपाल काठमाडौं र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको संयोजनमा भएको कार्यक्रममा काठमाडौंबाट पाल्नु भएका अतिथि कवि विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पहाडी, राजेश खनाल, जयदेव भट्टराई र मणि लोहनीले कविता वाचन गरेका थिए ।

त्यसैगरी विराटनगरका कवि विवश पोखरेल, सविता गौतम दाहाल, सीमा आभास, मधु पोखरेल, शुभलक्ष्मी लम्साल, सुमन पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, निर्मला कोइराला, भेषराज पोखरेल, लक्ष्मी रायमाझीले पनि कविता वाचन गरे । त्यस्तै विनोद विवश, लक्ष्मी आचार्य, बद्रीविशाल पोखेरल, राधा भट्टराई, लक्ष्यी रायमाझी, मञ्जु श्रेष्ठ, अजिता प्रधान, शारदा कार्की, पुष्प गुरागाईंलगायत दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, इन्द्रमोहन स्मृति सेवा गुठीकी अध्यक्ष डा. विमला श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्