नेकपा एमालेबाट विराटनगर मेयरका उम्मेदवार सागर थापाको यस्तो छ राजनीतिक पृष्ठभूमि

नेकपा एमालेबाट विराटनगर मेयरका उम्मेदवार सागर थापाको यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बनाएका सागर थापा नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष हुन् । विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनितिमामा रहेका थापा युवा माझमा लोकप्रिय मानिन्छन् । सामान्य जीवनयापन र महानगरवासीका घर पुग्ने नेताका रुपमा परिचित थापा बुवा चन्द्रबहादुर थापा र आमा कमला थापाका कान्छो छोराको रुपमा २०३३ साल साउन ३ गते जन्मिएका हुन् ।

विद्यालयदेखि नै राजनीतिमा सक्रिय थापाले पार्टीका विभिन्न तहमा रहेर आफ्नो सफल नेतृत्व दिँदै आएका छन् । विराटनगर महानगरपालिका– ४ निवासी थापाले महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा विद्यार्थी कमिटीको सेल सचिव, इलाका कमिटीको सदस्य हुँदै दुई कार्यकाल स्ववियू सभापति बनेका थिए ।
२०५७ देखि २०६० र २०६० देखि २०६२ सम्म स्ववियूको नेतृत्व गरेका थापा युवा र विद्यार्थीबीच निकै लोकप्रिय र निडर नेताका रुपमा परिचित थिए । सधैं सक्रिय राजनितिमा रहँदै आएका थापा २०६२÷२०६३ को जनआन्दोलन ताका पटक पटक प्रहरीको गिरफ्तारमा परेका र शाहिकालको आन्दोलनकै क्रममा पक्राउ परि २८ दिन जेल जीवन समेत व्यतित गर्नुपरेको थियो ।

नेकपा एमालेका विभिन्न कमिटीमा रहेर नेतृत्व गर्दै आएका थापा नेकपा एमाले महानगर कमिटिको इन्चार्ज, संयोजक र अध्यक्ष हुँदै लगातार १२ वर्षदेखि महानगरमा पार्टीको नेतृत्व गर्दै आएका थिए । तत्काल एमाले र माओवादीबीचको पार्टी एकता हुँदाताका समेत उनी दुवै पार्टीबीचका कार्यकर्ता माझ समान व्यवहार गर्ने नेताको रुपमा चिनिएका थिए । विराटनगरमा आफ्नै सक्रियतामा एमालेलाई जगाएका थापा अन्य पार्टीसँगको सम्बन्धलाई निक्कै मजबुत बनाउने चाहने नेतामा गनिन्छन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति हुँदा होस् वा एमालेको महानगरको नेतृत्वमा रहँदा उनी गैरकानुनी लेनदेन र अमर्यादित राजनीतिक गतिविधि गर्ने व्यक्तिमा गनिएका छैनन् ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारी पूरा गरेका थापा प्रदेश कमिटी सदस्य समेत हुन् । सरल स्वभावका उनी राजनीतिक रुपमा इमान्दार भएकै कारण विराटनगर महानगरपालिकाको मेयरमा उठाउनुपर्ने दवाव एमाले निकट भित्रैबाटै परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्