एमालेबाट बुढीगंगामा सरदार र विष्ट

एमालेबाट बुढीगंगामा सरदार र विष्ट

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् ।

नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता गरिसकेका छन् । यसैगरी वडा अध्यक्षहरुमा क्रमशः वडा नं १ मा राजन घिमिरे ,२ मा प्रमोद माझी , ३ मा अमिरलाल भगत, ४ मा सागर वराल, ५ मा शिवनारायण माझी, ६ मा गोठलु गच्छदार , ७ मा पंगज चौधरीले मनोनयन दर्ता गरेका हुन् ।

त्यसैगरी जनमत पार्टीका नेताहरु र केहि स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्मेदवारको तर्फबाट गाउँपालिका अध्यक्षमा नवराज घिमिरेले मनोनयन दर्ता गराएका छन, भने अर्का स्वतन्त्र उम्मेदवारी तर्फबाट बुढीगंगा वडा न. १ को अध्यक्षमा मनोज दाहालले उम्मेद्वारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्