भोजपुरमा करेन्ट लागि १ जनाको मृत्यु

भोजपुरमा करेन्ट लागि १ जनाको मृत्यु

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो ।

मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्