उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ

उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार बेलुका करिब ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा बरामद गरी राईलाई पक्राउ गरी घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्