सुनसरीको इटहरी र धरानसहित बाँकी पालिकामा काँग्रेसका यस्ता छन् उमेदवार

सुनसरीको इटहरी र धरानसहित बाँकी पालिकामा काँग्रेसका यस्ता छन् उमेदवार

विरटनगर । नेपाली कांग्रेसले सुनसरीका पालिकाहरुको उमेदवारी टुङ्ग्याएको छ । दुई उपमहानगरपालिकासहित बाँकी पालिकाको मेयरको टुंगो लगाएको हो । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।

इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार हुन पाएका थिएनन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।

धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुन् । गत अधिवेशनमा उनी नगर सभापतिमा पराजित भएका थिए ।
यसैगरी इनरुवा नगरपालिकामा केदार भण्डारी मेयर र बिनिता मेहता उपमेयर, दुहवी नगरपालिकामा बेद गच्छदार मेयर र मेनुका खतिवडा उपमेयर, रामधुनीमा सुदिप अधिकारी मेयर र आशा चौधरी उपमेयर, वराह नगरपालिकामा रमेश कार्कीलाई मेयर उठाउने निर्णय गरिएको छ । उनीहरुले आजै मनोनयन दर्ता गराउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्